पौराणिक एक्सन थ्रिलर ‘डिएनए’बाट डेब्यु गर्दै सुधन

पौराणिक एक्सन थ्रिलर ‘डिएनए’बाट डेब्यु गर्दै सुधन

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुधन पोखरेलले अभिनेताको रुपमा सिनेमा ‘डिएनए’बाट डेब्यु गर्ने भएका छन् । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर उनलाई चित्रित गर्दै सार्वजनिक गरिएको छ । पोस्टरमा सुधन अँध्यारो कोठाभित्र चम्किलो किरण फ्याँकिरहेको एक बाकसमा हेरिरहेका छन् । जहाँ पौराणिक कथावस्तु हुनसक्ने अनुमान गर्न सकिन्छ ।

फोनिक फ्लिकको ब्यानरमा बन्न लागेको सिनेमाको केही दिनमा टिजर पनि सार्वजनिक गरिँदैछ । पौराणिक एक्सन थ्रिलर शैलीको सिनेमालाई पौराणिक कथाको मोर्डन एडप्टेसन भनिएको छ । आगामी फागुनबाट छायांकन सुरु गर्न लागिएको सिनेमामा सुधनबाहेक अरु कलाकार निश्चित भएका छैनन् ।

चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त लेखन एवंम् निर्देशनमा बन्न लागेको सिनेमाको निर्माता कुमार भास्कर हुन् । ‘डिएनए’को एसोसियट निर्मातामा आशिष पुडासैनी तथा कार्यकारी निर्मातामा विकाश भण्डारी छन् ।

सुशान्त केसी र प्रशान्त योगीले छायांकन रहने सिनेमामा राजु तामाङको द्वन्द्व निर्देशन, मानस्वी मालाकारको संगीत, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रंग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ ।