बिमलेश र अरुणिमाको वेब सिरिज ‘घर बट इन अमेरिका’ टिजर सार्वजनिक

बिमलेश र अरुणिमाको वेब सिरिज ‘घर बट इन अमेरिका’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।

सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् । पटकथा तथा संवाद विवेक चम्लागाईले लेखेका छन् । सिचुयसनल कमेडी–ड्रामा सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा कमव्याक गरेकी छन् । वेब सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको अभिनय रहेको छ ।

‘घर बट इन अमेरिका’को सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । सेभेन कलर्स डिजिटलले निर्माण गरेको सिरिजमा सहायक निर्देशन विवेक रसाइली, छायांकन पशुपति बस्याल, सम्पादन मित्र डी गुरुङ, कलर ग्रेडिङ मिलन बिक्रम शाह र साउन्ड मिक्सिङ अमित श्रेष्ठको रहेको छ । सिरिजका कार्यकारी निर्माता रोशन घिमिरे हुन् ।