सवै कलाकारलाई समेट्दै विराजले सार्वजनिक गरे ‘१२ गाउँ’को नयाँ पोस्टर

सवै कलाकारलाई समेट्दै विराजले सार्वजनिक गरे ‘१२ गाउँ’को नयाँ पोस्टर

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक पोस्टरमा सिनेमाका प्रायः सवैजसो मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सिनेमाका यसअघि सार्वजनिक पोस्टरमा विराज र समीरलाई मात्रै प्रस्तुत थिए । बुधबार सार्वजनिक पोस्टरमा उनीहरु बाहेक डेव्यु अभिनेत्रीहरु न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्का लगायतका कलाकार फिचर्ड छन् ।

सिनेमामा मुरलीधर, कनिज कोइराला, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । विराज स्वंयमको कथा रहेको सिनेमामा सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट सिनेमा नेपालभरका हलमा रिलिज हुनेछ ।

एक्सन-थ्रिलर जनरामा निर्माण भएको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।