शुक्रबारबाट प्रदर्शनमा आयो मिन बहादुर भाम निर्देशित ‘शाम्बाला’

शुक्रबारबाट प्रदर्शनमा आयो मिन बहादुर भाम निर्देशित ‘शाम्बाला’

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विभिन्न विदेशी सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको सिनेमा ‘शाम्बाला’ आज शुक्रबारबाट नेपाली हलमा रिलिज भएको छ । यो सिनेमालाई मल्टीप्लेक्स हलहरुले उच्च शो दिएका छन् । बिशेषगरी देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले ‘शाम्बाला’लाई उच्च शो प्रदान गरेको हो ।

विश्वप्रसिद्ध बर्लिन सिनेमा महोत्सवमा वर्ल्ड प्रिमियर भएको सिनेमा यही महिना स्वीट्जरल्याण्डको लोकार्नो सिनेमा महोत्सवमा पनि स्क्रिनिङ गरिएको थियो । ड्रामा, एड्भेन्चर तथा म्याजिक रियालिजम जनरा निर्माण भएको सिनेमा ‘कालोपोथी’ निर्देशक भामको दोस्रो निर्देशकिय फिचर सिनेमा हो ।

नेपालको डोल्पा जिल्लाको स्थानिय भाषामा रिलिज गरिएको सिनेमामा नेपाली र अंग्रेजी सबटाइटलमा देखाइने छ । सहरी क्षेत्रमा अंग्रेजी र गाउँले क्षेत्रमा नेपाली सबटाइटलमा देखाइने निर्देशक मीन बहादुर भामले बताए ।

निर्देशक भामले सिनेमाको ग्लोबल दर्शकपछि अब आफू घरेलु दर्शकमाझ आउन लागेकोमा उत्साही रहेको बताए । ‘मेरो पहिलो सिनेमा कालोपोथी केही हलमा मात्र रिलिज भएको थियो । यो सिनेमा भने एप्पल इन्टरटेनमेन्टको सहयोगमा वाइड रुपमा नेपालभर रिलिज गरेका छौं ।’

सुनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य,लोटन निमलिङ्ग, जंग बहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिनेमाको कथा मिन बहादुर भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।