सलोनको ‘रंगी’मा मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अनुबन्धित

सलोनको ‘रंगी’मा मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अनुबन्धित

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेतको प्रस्तुतीमा निर्माण हुन लागेको सिनेमा ‘रंगी’को मुख्य भुमिकामा ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । यही सिनेमाबाट पूर्वमिस नेपाल नम्रताले अभिनयमा डेव्यु गर्न लागेकी हुन् ।

बिहीबार निर्माण पक्षले नम्रतालाई सिनेमामा अनुबन्ध गरेको हो । उनले सिनेमाको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न तयार भएको बताइन् । ‘मैले रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले काम गर्न मन लाग्यो’, उनले भनिन् ।

सुरेश न्यौपानले सिनेमाको निर्देशन गर्दैछन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्न लागेका हुन् । ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका सिनेमामा मुख्य सहायक निर्देशनको अनुभव उनले संगालेका थिए । सिनेमाले बाबु छोरीको भावनात्मा कथालाई चित्रण गर्नेछ ।

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा सक्षम सुवेदीको निर्माण र सुमन गजमेरको लेखन छ । सिनेमामा सौरभ लामाको छायांकन रहनेछ । सिनेमाको छायांकन असोज ११ गतेबाट हुने बताइएको छ ।