आइफोनबाट खिचिएको सिनेमा ‘अ प्लेस अन्डर द सन’को विशेष प्रदर्शन

आइफोनबाट खिचिएको सिनेमा ‘अ प्लेस अन्डर द सन’को विशेष प्रदर्शन

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा पहिलो पटक आइफोनबाट खिचिएको सिनेमा ‘अ प्लेस अन्डर द सन’को गत शुक्रबार काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ । अस्कर सिनेमा कलेजबाट ब्याचलर पास गरेका विद्यार्थीले आइफोन १४ प्रो म्याक्सबाट यो छायांकन गरेका थिए ।

सुन्धारास्थित सीडीसी सिनेमाज्मा प्रदर्शन गरिएको सिनेमा हेर्न निर्माण टिम, अस्कर कलेजका विद्यार्थीसहित अन्य सिनेमाकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । सिनेमा हेरेर हलबाट निस्केका अधिकांशले छायांकार प्रबीन लिम्बुको डिओपी र कलाकारको अभिनयको खुलेर तारिफ गरेका थिए ।

जेसन लोप्चनको लेखन तथा निर्देशनमा क्राइम जनरामा सिनेमा निर्माण भएको हो । सिनेमामा बाल्यकालदेखि मिल्ने ३ जना साथीको कथालाई देखाइएको छ । सिनेमामा मीरा गुरूङ, मीन घलान, मीरा गुरुङ, अम्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिदेन श्रेष्ठले अभिनय गरेका छन् ।

वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्ममा सह निर्मातामा उमेश खड्का छन् । प्रविन लिम्बूले सिनेमालाई खिचेका हुन् । सिनेमालाई छिट्टै नेपालमा सिनेमा घरमा रिलिज गरिने जनाइएको छ । हल पश्चात सिनेमा विश्वको चर्चि ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक र रोकु टिभीमा रिलिज हुने कर्न्फम भैसकेको दाबी निर्माण टिमको छ ।