‘होस्टेल ३’को छायांकन सुरु, पारस र सिम्रनले दिए मुहूर्त सट

‘होस्टेल ३’को छायांकन सुरु, पारस र सिम्रनले दिए मुहूर्त सट

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ललितपुरको कार्यविनायक मन्दिरमा आइतबार शुभमुहूर्त गर्दै ‘होस्टेल ३’को छायांकन सुरु गरिएको छ । सिनेमाका मुख्य कलाकार पारस बम र सिम्रन पन्तले मुहूर्त सट दिएका थिए । सिनेमाको छायांकन काठमाडौंको बोडेबाट सुरु गरिएको हो ।

बोडेमा सिनेमाको पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकनन सुरु गरिने निर्देशक सशान कँडेलले बताए । ‘होस्टेल ३’मा पारस बम (कुल ब्वाय), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

सिनेमामा अभिनेता आर्यन सिग्देल होस्टेलको वार्डेन र अभिनेत्री परीक्षा लिम्बु विशेष भूमिका देखिनेछन् । आइतबार आयोजित मुहूर्त समारोहमा आर्यन र परीक्षा बाहेक सिनेमाका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो । फागुन १६ गतेबाट रिलिज हुने सिनेमाको जापान, मध्यपूर्व र मलेसियाका लागि प्रदर्शन अधिकार छायांकन अगावै बिक्री भइसकेको छ ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ । सिनेमाको पटकथा तथा संवाद माधव शर्मा र कथा निर्देशक सशान कँडेलकै हो । सिनेमामा अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, सुदीप कुँवर मुख्य सहायक निर्देशक र प्रोडक्सन डिजाइनर यम प्रसाद ओली हुन् ।

श्ंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी तथा सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा र लाइन प्रोड्युसर भेषराज गौतम छन् । सिनेमाको वितरण काफिया फिल्मस् र आरआर फिल्मस्ले मिलेर गर्दैछन् ।