दर्शकले रुचाए ‘ज्वाइँ साब’को गीत ‘कसम बत्तिको’

दर्शकले रुचाए ‘ज्वाइँ साब’को गीत ‘कसम बत्तिको’

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वसन्त निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ज्वाइँ साब’को टिजर र गीत सार्वजनिक भैसकेका छन् । सिनेमाको सार्वजनिक पोस्टर, टिजर र गीतले दर्शकमाझ उत्सुकता पैदा गरेको दाबी निर्माण टिमको छ ।

सिनेमाको गत बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको थियो । दशैंको फूलपाती असोज २४ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीत ‘कसम बत्तीको’ सार्वजनिक भएपछि हाइप बढेकाले विदेशबाट समेत माग आइरहेको निर्देशक वसन्त निरौलाले बताए ।

विदेशमा र नेपालमा सिनेमा एकै दिन रिलिज गर्ने तयारी गरिरहेको उनले बताए । सिनेमाको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । सिनेमाले दर्शकलाई फरक अनुभव दिने दाबी निर्देशक निरौलाको छ ।

बसन्त निरौलाको निर्देशनमा निर्माण भएको ‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, दीपक अधिकारी, विश्व मुखिया, रोशन नेपाल, नविन काफ्ले, शिवु पाण्डे लगायतको पनि अभिनय रहेको छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमामा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व निर्देशन तथा सन्देश शाहको सम्पादन छ ।