कार्तिक १५ बाट पौष २६ पुग्यो पल र दीपिकाको ‘मायावी’

कार्तिक १५ बाट पौष २६ पुग्यो पल र दीपिकाको ‘मायावी’

द सिनेमा टाइम्स
378
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को रिलिज पोष्टपोण्ड भएको छ । यसअघि लक्ष्मी पूजाको अवसर पारेर कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब पौष २६ मा रिलिज हुनेछ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कार्तिक १५ को मितिमा प्रदर्शनमा आउन लागेका २ सिनेमा ‘एक्टर’ र ‘पूर्ण बहादुरको सारङ्गी’लाई सफलताको शुभकामना दिँदै आफुहरुले मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् । यसका साथै असोज ७ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘नरसिंहा’का कारण तोकिएको मितिमा रिलिज गर्न नसक्ने जनाएका छन् ।

सिनेमामा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईको पनि अभिनय रहेका छन् । निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।

क्रियटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाई र नमिता झा छन् । राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको सिनेमाको सहयोगी निर्मातामा अम्बरीश कश्यप छन् ।

पौष २६ गते पनि यसअघि नै दयाहाङ राईको मुख्य भूमिका रहने सिनेमा ‘कार्साङ’ रिलिज हुने घोषणा भैसकेको छ ।