संविधान दिवसको विदाको अवसरमा बिहीबार नै प्रदर्शनमा आयो ‘खुस्मा’

संविधान दिवसको विदाको अवसरमा बिहीबार नै प्रदर्शनमा आयो ‘खुस्मा’

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । संविधान दिवसको अवसर पारेर आज असोज ३ गते बिहीबारबाट सिनेमा ‘खुस्मा’ प्रदर्शनमा आएको छ । मंगलबार गरिएको प्रिमियर शोमा पाएको प्रशंसा र सिनेमाका प्रचार सामाग्री गीत र ट्रेलरले दर्शकमाझ बनाएको हाइपको फाइदा सिनेमाको बक्सअफिसमा देखिएको हो ।

बिहीबारका बिहानी शोबाटै सिनेमाले केही मल्टीप्लेक्स हलबाट हाउसफूल सुरुवात गरेको छ । संविधान दिवसको विदाको दिन सिनेमाले देशभर गरी करिब दुई सय शोज पाएको छ । बिहानी शोमा मिलेको हाउसफूल दर्शक र त्यसको वर्डअफ माउथ राम्रो मिलेकाले सिनेमाको भोली शुक्रबार शो बृद्धि हुनुका साथै दर्शकको चाप पनि हल देखिने विश्वास निर्मातालाई छ ।

सिनेमालाई देशभरका मल्टीप्लेक्सदेखि सिंगलस्क्रिनसम्मका हलले उच्च शो दिएका छन् । जसको फाइदा सिनेमाको व्यापारमा हुने देखिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।