मध्यम वर्गीय परिवारको कथा ‘सानो संसार’लाई युनिभर्सल सर्टिफिकेट

मध्यम वर्गीय परिवारको कथा ‘सानो संसार’लाई युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता अर्जुन कुमारले निर्माण गरेको सिनेमा सानो संसार सेन्सर पास भएको छ । बिहीबार सिनेमाले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो ।

अब यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका हुन् । सिनेमाको प्रचार सामाग्रीले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेकाले दर्शकबाट राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ । सिनेमाले बिहीबार सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको जानकारी निर्माता अर्जुन कुमारले दिए । सेन्सर बोर्डका प्रतिनिधिले ‘सानो संसार’ हेरेपछि मध्यम वर्गीय परिवारको मर्मीस्पर्शी कथाले मन जितेको प्रतिक्रिया दिएका थिए ।

असोज ११ गतेबाट प्रदर्शनमा आउने सिनेमाले मध्यम वर्गीय परिवारले गर्ने संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई मर्मस्पर्शी ढंगले पस्किएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ ।

सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।