अक्टोबर १० बाट नोभेम्बर १४ पुग्यो सुर्या र बबीको ‘कगुवा’

अक्टोबर १० बाट नोभेम्बर १४ पुग्यो सुर्या र बबीको ‘कगुवा’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तमिल सिनेमा उद्योगको प्रतिक्षित सिनेमा ‘कगुवा’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । बिहीबार सिनेमाको एक मोसन पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति सहित पोष्टपोन्ड भएको जानकारी दिइएको हो ।

यसअघि अक्टोबर १० तारिखमा प्रदर्शनको तयारीमा रहेको सिनेमा अब नोभेम्बर १४ अर्थात् कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । अक्टोबर १० मा तमिल सुपरस्टार रजनीकान्तको सिनेमा वेट्टयान आउने भएपछि उनको सम्मानमा ‘कगुवा’को प्रदर्शन मिति परिवर्तन गरिएको निर्माण कम्पनिले जानकारी दिएको छ ।

तमिल अभिनेता सूर्या र बलिउड अभिनेता बबी देओल र अभिनेत्री दिशा पटानीको मुख्य भुमिका रहेको सिनेमाको यसअघि रिलिज ट्रेलर विश्वभरका दर्शकमाझ चर्चाको विषय बनेको थियो । शिवद्वारा निर्देशित ‘कंगुवा’ प्रतीक्षित दक्षिण भारतीय सिनेमामध्ये एक हो ।

कार्तिक ३० गते नेपाली सिनेमा ‘ह्रस्व दीर्घ’, ‘बम बहादुर’ र ‘केटी हराएको सुचना’ प्रदर्शन हुँदैछन् । दक्षिण भारतको प्रतिक्षित सिनेमा ‘कगुवा’ त्यसको एक दिन अगावै अर्थात् कार्तिक २९ गते बिहीबार नै नेपालमा रिलिज हुँदा त्यसको प्रत्यक्ष असर शुक्रबार रिलिज हुने नेपाली सिनेमाको व्यापारमा देखिनेछ । किनभने अघिल्लो दिन रिलिज भएको सिनेमाले धेरै शो ओगट्ने भएकाले नेपाली सिनेमाले राम्रो शो पाउन मुस्किल पर्ने देखिन्छ ।