सौगातपछि ‘कल्ली’मा भित्रिए अर्पण, बुद्धि र कमल

सौगातपछि ‘कल्ली’मा भित्रिए अर्पण, बुद्धि र कमल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । तिहार लगत्तै छायांकन को तयारीमा रहेको सिनेमा ‘कल्ली’मा यतिबेला धमाधम कलाकार छनोट कार्य चलिरहेको छ । केही दिनअघि अभिनेता पल शाहलाई हटाएर उनको ठाउँमा सौगात मल्ललाई लिएको निर्माण टिमले सिनेमामा थप तीनजना कलाकारलाई अनुबन्धित गरेको छ ।

सिनेमाको मुख्य भूमिका अभिनेताहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई अनुबन्धित गरिएको निर्देशक लक्ष्मण सुनारले जानकारी दिए । पौराणिक कथामा बन्न लागेको सिनेमाको प्रस्तुतकर्ता किरण नेपाली हुन् । उनले यसअघि ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’ लगायतका सिनेमा निर्माण गरिसकेका छन् । उनका हरेक सिनेमामा सौगातले काम गरिरहेका छन् ।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा तथा संवाद महेश दवाडीको लेखेका हुन् । लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको सिनेमाको प्रदर्शन आगामी चैत्र २९ गतेलाई घोषणा भइसकेको छ । सिनेमाको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।