‘बेहुली फ्रम मेघौली’ बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर

‘बेहुली फ्रम मेघौली’ बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । असोज १७ गते रिलिज हुने सिनेमा ‘बेहुली फ्रम मेघौली’ले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । सिनेमाको निर्माण पक्षले बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको हो ।

असोज १२ गते शनिबार छाया सेन्टर काठमाडौंमा दशैँ मेला लाग्दै छ । ‘यो मेलानमा तपाईंहरुले चाहेको जति सपिङ गर्न सक्नुहुनेछ । साथै तपाईंहरुले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,’ ‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्री स्वस्तिमा खड्काले जानकारी दिएकी छन् ।

आफू बेहुली हुँदाको अनुभव रोचक तरिकाले ३०० शब्दमा लेख्नुपर्नेछ । लेखेको अनुभव/कथालाई [email protected] / [email protected] इमेल मार्फत पठाउनुपर्नेछ । कथा/अनुभव असोज १० गतेदेखि पठाउन सकिनेछ ।

‘तपाईंहरुले पठाउनुभएको कथा मध्येबाट उत्कृष्ट कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको २ वटा टिकट पनि प्रदान गरिनेछ,’ उनले भनेकी छन्, ‘यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।’

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।