बाढीले अपर मुस्ताङमा छायांकनरत सिनेमा ‘एक्लो’को सेटमा क्षती

बाढीले अपर मुस्ताङमा छायांकनरत सिनेमा ‘एक्लो’को सेटमा क्षती

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘एक्लो’को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौंमा शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य खिच्दै निर्माण टिम बाँकी छायांकनको लागी मुस्ताङ पुगेको थियो ।

साइन्स फिक्सन जनारामा आधारित रहेर निर्माण भइरहेको सिनेमाका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायांकन सुरु गरेको थियो । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए । बाढीले सेट बगाउँदा निर्माण टिमलाई ठुलो आर्थिक घाटा भएको सुबेदीले जानकारी दिएका हुन् ।

प्रदीप शाहीको निर्देशनमा निर्माण भइरहेको सिनेमालाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन् । सिनेमामा हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एभन राज उप्रेती, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन र बाल कलाकार जेभिन श्रेष्ठ, स्योन सविक सिङ लगायतको अभिनय रहनेछ ।

सिनेमा ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । सिनेमामा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।