ल्यापटप र डेस्कटपमा हेर्न मिल्ने गरी सिनेमाघर एपमा रिलिज भयो ‘प्रेमगीत ३’

ल्यापटप र डेस्कटपमा हेर्न मिल्ने गरी सिनेमाघर एपमा रिलिज भयो ‘प्रेमगीत ३’

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल र भारतमा २०७९ सालको दशैंमा नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आएको सुपरहिट सिनेमा ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

‘सिनेमाघर’मा केही दिनअघि रिलिज भएको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यो सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् ।

सिनेमामा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथामा आधारित छ । प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो । तर, यी सबैको बीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम ।

‘प्रेमगीत ३’ रिलिजसँगै सिनेमाघर एपमा अब सिनेमाहरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजर मार्फत पनि हेर्न सकिनेछ । यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरूमा मात्रै उपलब्ध रहेको थियो । सिनेमाघर एपमा अब फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ ।