‘नरसिंहाः अवतार’को शुभमुहूर्तसँगै छायांकन सुरु, फागुन १४ गते महाशिवरात्रीमा प्रदर्शन

‘नरसिंहाः अवतार’को शुभमुहूर्तसँगै छायांकन सुरु, फागुन १४ गते महाशिवरात्रीमा प्रदर्शन

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ । बिहीवार काठमाडौंको एनएफडिसी स्टुडियो बालाजुमा यो सिनेमाको मुहूर्त गरिएको हो ।

एक्सन तथा सोसल ड्रामा जनरामा निर्माण हुने सिनेमाको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको सिनेमाको वितरक करण श्रेष्ठको एक्सन कटसँगै छायांकन सुरु गरिएको हो । सिनेमाको शुभमुहूर्त कार्यक्रमा निर्माण टिमसँगै मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो ।

निर्देशक भट्टराईले यो सिनेमा आफ्नो लागि च्यालेन्जिङ रहेको बताए । ‘राजेश दाईले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाईलाई कन्भेन्स गर्न नै मलाई ३ महिना लागेको थियो’, उनले भने । महानायक हमालले पनि सिनेमाको कथा आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः सिनेमामा फर्किएको बताए ।

निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जनका अनुसार यो सिनेमा फरक तरिकाले निर्माण हुने भएकोले आफु निर्माणमा जोडीएको बताए । सिनेमाका अर्का अभिनेता राज कटुवालले आफुले सानैदेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उहाँसंग सिनेमामा अभिनय गर्न पाउँदा आफु निकै उत्साहित रहेको बताए ।

अभिनेत्री नीति शाहले आफुलाई यो सिनेमामा अभिनय गर्न निकै च्यालेन्ज रहेको बताइन् । सिनेमामा राजेश हमाल भएको कारण पनि आफु यो सिनेमाको टिमसँग जोडीएको भन्दै मलाई पहिल्यैदेखी उहाँसंग सिनेमामा काम गर्न सुझाव आउथ्यो, अहिले आएर उहाँसंगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ । सिनेमाकी अर्की अभिनेत्री सनिशा भट्टराईले बुवा महानायक राजेश हमालको फ्यान भएकाले उहाँका सिनेमा हेर्दै आएपनि अहिले आएर एउटै सिनेमामा काम गर्न पाउँदा उत्साहित रहेको बताइन् ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शनमा आउने सिनेमामा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ । यो सिनेमाबाट ८ वर्षपछि महानायक हमालले कमब्याक गर्दैछन् ।

क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भैरहेको सिनेमाका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । सिनेमामा नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेको लगानी रहनेछ । एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सिनेमा नेपाल वितरणको जिम्मेवारी सम्हाल्ने छन् ।