‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्रि, दशैंको घटस्थापनामै रिलिज हुने

‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्रि, दशैंको घटस्थापनामै रिलिज हुने

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । यतीबेला सिनेमाका सार्वजनिक प्रचार सामाग्री टिजर, ट्रेलर तथा गीतले दर्शकमाझ राम्रो हाईप बनाएको छ ।

सिनेमाको अमेरिका राइट्स बिक्रि भैसकेको छ । त्यसका साथै अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भैरहेकाले केही दिनमा टुङ्गो लाग्ने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको हो ।

सिनेमा दशैंको घटस्थापनाबाट नै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् ।

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।