अनमोलको ‘जेरी अन टप’मा माग्ने बुढा र सुरक्षा पन्त अनुबन्धित

अनमोलको ‘जेरी अन टप’मा माग्ने बुढा र सुरक्षा पन्त अनुबन्धित

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुयोग गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘जेरी अन टप’मा अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएका छन् । सिनेमाको महत्त्वपूर्ण भूमिकाको लागि उनीहरुलाई साइन गरिएको निर्माता सरोज न्यौपानेले बताए ।

सिनेमाका लागि अभिनेत्री सुरक्षा पन्तसँग केही दिन अगाडी नै सम्झौता गरिएको थियो । अभिनेता केदार घिमिरसँग भने हिजो शुक्रबार मात्रै औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यी दुईको प्रवेशसँगै ‘जेरी अन टप’मा कलाकारको लाइनअप रोचक देखिएको छ ।

अभिनेता अनमोल केसी, अभिनेत्रीद्धय आँचल शर्मा र जसिता गुरुङ यसअघि नै सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । शुक्रबार सिनेमामा केदारको प्रवेश भएसँगै सिनेमामा कलाकारको लाइनअप पूरा भएको निर्माता न्यौपानेले बताए । असोज २४ गते फूलपातीमा ‘छक्का पञ्जा ५’ प्रदर्शन भएपछि केदार ‘जेरी अन टप’को छायांकन जोडिनेछन् ।

‘जेरी अन टप’को निर्माताहरूमा सरोज न्यौपानेसहित रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र रविन शेरचन छन् भने एसोसिएट निर्माताको रुपमा ओम अग्रवाल र विवेक थापा रहेका छन् । यो सिनेमाको कथा निर्देशक हेमराज विसीले लेखेका हुन् । सिनेमालाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिनेछ ।