‘पूर्ण बहादुरको सारङ्गी’ले ल्यायो मेरो ‘बा’को संघर्ष भिडियाे प्रतियोगिता

‘पूर्ण बहादुरको सारङ्गी’ले ल्यायो मेरो ‘बा’को संघर्ष भिडियाे प्रतियोगिता

द सिनेमा टाइम्स
91
Shares

ल सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियाे प्रतियोगिता गर्ने भएको छ । सिनेमाको निर्माण टिमले मेरो ‘बा’को संघर्ष नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियाे प्रतियोगिता आयोजना गरेको हो।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियाे बनाएर पठाउनुपर्नेछ । सहभागीहरुले आफुले बनाएको भिडियाे आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियाे बनाई [email protected] मा पठाउनुपर्नेछ । साथै, सहभागीहरुले भिडियाे सामाजिक संजालमा पोस्ट गर्दा अनिवार्य रुपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै fb.com/7seascinema अथवा fb.com/7seasentertainment लाई ट्याग गर्नुपर्नेछ।

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ । प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने सिनेमा निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियाे बनाएर पठाउने २० जनाले सिनेमाको २/२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियाे कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा कात्तिक १५ गते रिलिज हुँदैछ । सिनेमामा विजय बराल, प्रकास सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको विजय बराल, प्रकास सपुतको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।