झरीका कारण रोकिएको ‘सानो संसार’ कार्तिक ९ गतेबाट पुन प्रदर्शन गरिने

झरीका कारण रोकिएको ‘सानो संसार’ कार्तिक ९ गतेबाट पुन प्रदर्शन गरिने

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार अर्थात् असोज ११ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘सानो संसार’को देशभर लगातार परेको झरीले प्रभावित भएको थियो । झरीका कारण शनिबार स्थगित भएको सिनेमाको प्रदर्शन आगामी कार्तिक ९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो ।

सिनेमाले प्रदर्शनको दुई दिनमा झरीका बीच जेजति दर्शक हलसम्म पुगेकाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले निर्माण टिम उत्साहित छ । सोमबार निर्माण टिमले एक विज्ञप्ती सार्वजनिक गर्दै कार्तिक ९ गते फेरी रिलिज हुने सिनेमाले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेको छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।