असोज २४ गते रिलिज हुने ‘१२ गाउँ’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

असोज २४ गते रिलिज हुने ‘१२ गाउँ’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपाती अर्थात् अशोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘१२ गाउँ’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक सिनेमाको ३ मिनेट १४ सेकेण्ड लामो ट्रेलरले दर्शकमाझ उत्साह पैदा गर्न सफल देखिन्छ ।

सिनेमाको एक्सनले दर्शकको ध्यान खिच्न सफल छ । सिनेमाका डेव्यु अभिनेता समीर भट्टको सिक्स प्याक्ड बडी र संवादले दर्शकलाई हलसम्म ल्याउने देखिन्छ । विराजले निर्माण अगावै भनेको जस्तै नेपाली सिनेमाको एक्सन अर्न्तराष्ट्रिय लेभलमा रहेको छनक ट्रेलरले दिएको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका सवैजसो मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सिनेमालाई एक्सन विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेका हुन् । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरले दर्शकमाझ बनाएको उच्च हाइपले इनिसियल व्यापार आक्रामक हुने विश्वास निर्माण टिमलाई छ ।

यो सिनेमाबाट समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।