आक्रमक बुकिङपछि ‘१२ गाउँ’को शो थपिँदै

आक्रमक बुकिङपछि ‘१२ गाउँ’को शो थपिँदै

द सिनेमा टाइम्स
19.8k
Shares

काठमाडौं । दसैँको फूलपातीको अवसर पारेर यही असोज २४ गते रिलिज हुन लागेको चलचित्र ‘१२ गाउँ’ले शो बढाएको छ । अग्रिम टिकट बुकिङ आक्रामक देखिएपछि मल्टिप्लेक्सले शो थप्न थालेका हुन् ।

हिजो साँझ अबेर क्यूएफएक्सले तीनवटा सिनेमा ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’लाई शो बाँडफाँट गर्दै अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

अग्रिम बुकिङ खुला गर्दा क्यूएफएक्सले काठमाडौंमा ‘१२ गाउँ’लाई २२ र काठमाडौं उपत्यका बाहिर २४ शो दिएको थियो । अहिले क्यूएफएक्से शो बढाएर ४९ पुर्याएको छ । काठमाडौंमा क्यूएफएक्सले तीनवटा शो थपेको हो ।

‘१२ गाउँ’को टिकट बुकिङ आक्रामक भएपछि क्यूएफएक्सले अरुको शो घटाएर ‘१२ गाउँलाई’ थपिदिएको हो । अन्य मल्टिप्लेक्सले पनि ‘१२ गाउँ’को शो थप्न थालेका छन् ।

‘१२ गाउँ’ले लोभलाग्दो हाइप बनाएको छ । हाइपअनुसार बुकिङ पनि देखिएको छ ।

‘१२ गाउँ’लाई विराज भट्टले निर्देशन गरेका छन् । विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् ।

न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।