‘१२ गाउँ’को देशभर आक्रमक ब्यापार, दर्शकको प्रतिक्रिया– साउथको जस्तै सिनेमा नेपालमै बनेछ

‘१२ गाउँ’को देशभर आक्रमक ब्यापार, दर्शकको प्रतिक्रिया– साउथको जस्तै सिनेमा नेपालमै बनेछ

द सिनेमा टाइम्स
1.5k
Shares

काठमाडौं । फूलपातीको अवसर पारेर  प्रदर्शनमा आएको सिनेमा‘१२ गाउँ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ ।”१२ गाउँ’को टिकट बुकिङ आक्रामक भएपछि मल्टिप्लेक्सले ‘१२ गाउँ’को शो थप्न थालेका छन् ।

१२ गाउँ’ले लोभलाग्दो हाइप बनाएको छ । हाइपअनुसार बुकिङ पनि देखिएको छ ।निर्माणपक्षले ग्रसकलेक्सन रिपोर्ट भने अहिले सार्वजनिक गरेको छैन 

दर्शकको प्रतिक्रिया बुझ्न बिराज भट्ट र समीर भट्ट दर्शक भेटन हलहलमा पुगिरहेका छन् ।

उनीहरुले दर्शकले सिनेमा मन पराएको प्रतिक्रिया दिएका छन् । ‘जसरी हलिउड र बलिउडका सिनेमा हेर्दा दर्शकको उत्साह रहन्छ । त्यस्तै प्रतिक्रिया हलमा ताली र सिठ्ठी बजेर आएको छ,’ समीरले भने, ‘यति त हामीले पनि अपेक्षा गरेका थिएनौँ ।’

दर्शकको मायाले आफूहरू निकै खुसी रहेको उनले बताए । ‘कतै आफ्नो मात्रै तारिफ हुने तर फिल्मको चाहिँ कस्तो प्रतिक्रिया आउला भन्ने डर थियो,’ समीरले भने, ‘समग्रमा सिनेमा नै राम्रो हुनुपर्छ भन्ने प्रतिक्रिया आयो । यो नै सबैभन्दा राम्रो कुुरा हो ।’

‘१२ गाउँ’का निर्देशक समेत रहेका विराजले सिनेमा आज   पनी देशभर हाउसफूल रहेको बताए । ‘सिनेमा चल्छ भन्ने त बुकिङबाट नै थाहा भइसकेको थियो । तर दर्शकको प्रतिक्रिया कस्तो रहन्छ भन्ने थियो । तर समग्रमा सिनेमा नै मन। पराइदिनुभयो । यो नै हाम्रा लागि ठूलो सफलता हो,’ उनले भने ।

एक्सन सिनेमा किन चलेनन् भनेर आफूले अध्ययन गरेर सिनेमा बनाएको बताए । स्टोरी, एक्सन, प्रिजेन्टेसन के मा कमजोरी छ भनेर अध्ययन गरेर र भोजपुरीमा सिकेको कुरा आफूले ‘१२ गाउँ’मा प्रयोग गरेको उनको भनाइ छ ।

‘सिनेमा दर्शकले मन पराइदिनुभयो । बाबु र छोरा हिरो भएर खेलेको सिनेमा मन पराइदिनुभयो । यो हाम्रा लागि राम्रो कुरा हो,’ उनले भने, ‘मलाई यो भन्दा राम्रो अर्को सिनेमा बनाउने बाटो खुल्यो । म एउटा सिनेमा बनाएर भाग्ने मान्छे होइन ।’

सिनेमामा समीरको स्पेशटाइम केही थोरै भएन भन्ने प्रश्नमा उनले त्यही कारण नै धेरै खोजिने र उत्सुकता सिर्जना हुने विराजको भनाइ छ ।

सिनेमा हेर्न पुगेका दर्शकले समीरको अभिनयको खुलेर तारिफ गरेका छन् । साउथका सिनेमाभन्दा कम नरहेको दर्शककको प्रतिक्रिया छ । ‘अब साथका सिनेमा हेर्न नपर्ने भयो । नेपाली सिनेमा नै त्यस्तै बनेको छ,’ एक दर्शकले भने ।

‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।