“फेरि रेशम फिलिलि”को छायांकन सुरु

“फेरि रेशम फिलिलि”को छायांकन सुरु

द सिनेमा टाइम्स
56
Shares

काठमाडौं । सिनेमा ‘फेरि रेशम फिलिलि’को छायांकन सुरु भएको छ । निर्माणपक्षले आज शुभमुहूर्त गर्दै आजबँट छायांकन सुरु गरेको हो ।

शुक्रबार अफिसियल घोषणा गरिएको सिनेमाको आज शुभमुहूर्त गर्दै छायांकन पनि आजैबाट सुरु गरिएको निर्माता रौनकबिक्रम कडेलले जानकारी दिए ।

सिनेमानको लेखन तथा निर्देशन निरोज महर्जनले गर्दैछन् ।
सिनेमामा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहनेछ ।

रौनक विक्रम कडेल निर्माता रहेको सिनेमामा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सहनिर्माता एनी थापा हुन् । सिनेमा आर्टसको प्रस्तुति रहने सिनेमा दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागे हो ।

सुजन प्रजापतिको छायांकन रहने सिनेमा सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । पटकथा निरोज महर्जन र आकाश बरालको छ । संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको छ ।