एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर

एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको  निर्माताहरु थमन कुमार भण्डारी  र मोती कार्कीले जानकारी गरायका छन् ।अब यो सिनेमा माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुनेछ।

सिनेमा निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

निर्माण पक्षले यो निर्णयले वितरक, सिनेमा प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली सिनेमालाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।‘एक्टर: टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँदै, निर्माण टिमले दर्शकहरूको माया र समर्थनको कदर गरेको छ।