ब्लकबस्टर ‘१२ गाउँ’, जसले तीन पुस्ताका दर्शक हलमा उतार्यो

ब्लकबस्टर ‘१२ गाउँ’, जसले तीन पुस्ताका दर्शक हलमा उतार्यो

द सिनेमा टाइम्स
756
Shares

काठमाडौं । बिराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’ले डे वानदेखि नै आक्रामक ब्यापार गरिरहेको छ । आक्रामक ब्यापार गरेपछि यो सिनेमालाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले  सुपरहिट मुभी भएको घोषणा गरेको छ ।

सिनेमा प्रदर्शनको छैटौं दिनमै क्यूएफएक्सले ‘१२ गाउँ’लाई सुपरहिट भनेको छ । यो सिनेमाले हालसम्म कति कमाइ ग¥यो भनेर वितरक र निर्माणपक्ष दुवैले बक्सअफिस रिपोर्ट सार्बजनिक गरेका छैनन् ।

शो बाँडफाँट भएकै भोलिपल्टदेखि क्रमशः शो थप्दै गएको थियो ‘१२ गाउँ’ले । दैनिक आक्रामक ब्यापार गर्दै शोहरू हाउसफूल भएर दर्शक फर्किएपछि शो थपिँदै गएको थियो । यो क्रमले अझै पनि निरन्तरता पाइरहेको छ ।

बढ्दै गएको शो, हाउसफूल अकुपेन्सी, सकारात्मक वर्ड अफ माउथ र क्यूएफएक्सले ब्लकबस्टर सुपरहिट सिनेमा घोषणा गर्नुले ‘१२ गाउँ’ वर्षकै धेरै कमाई गर्ने एक÷दुईवटा सिनेमा भित्र पर्ने निश्चित भइसककेको छ ।

पोजेटिभ वर्ड अफ माउथका कारण अझै यो सिनेमाको आक्रामक ब्यापार हुने निश्चित छ ।

‘१२ गाउँ’ निर्माणको घोषणादेखि नै चर्चामा थियो । विराज भट्टका छोरा समीर भट्टको लुक्स सार्वजनिक गर्दै उनले १० वर्षदेखि नेपाली चलचित्रमा डेब्युका लागि मुम्बइमा बसेर कठोर मिहिनेत र तयारी गरेको खबर आएपछि ‘१२ गाउँ’को प्रतिक्षा सुरुदेखि नै बढेको थियो ।

समीरको डेब्यु सिनेमा बुवा विराजले निर्देशन गर्ने र दुवैको समानान्तर भूमिका रहने बताएपछि सिनेमाको हाइप बनेको थियो । त्यससँगै विराजले एक्सन सिनेमा कस्तो हुन्छ भन्ने त्यसको वास्तविकता ‘१२ गाउँ’बाट थाहा हुने बताएका थिए ।

बिराजले ‘१२ गाउँ’ नेपालकै हालसम्मकै ठूलो एक्सन सिनेमा हुने बताएका थिए । त्यसले पनि सिनेमाका हाइप उकास्ने काम गरेको थियो ।

सिनेमाको पोस्टर, टिजर र गीत तथा त्यसमा समीरको बडी फिगर, उनको नृत्य तथा एक्सनले सिनेमाका हाइपलाई नयाँ उचाई दिएको थियो ।

सिनेमा रिलिज भएपछि दर्शक ‘१२ गाउँ’ हेर्न हलमा ओइरिए । एक्सन फिल्म सपरिवार हेर्दैनन् भन्ने भाष्यलाई यो सिनेमाले चिरिदियो । उमेर ढल्किसकेका वृद्धवृद्धादेखि स–सना बालबालिकासम्म ढलमा उत्रिए । विराज भट्टका फ्यान सपरिवार फिल्म हेर्न आए ।

साउथका एक्सन सिनेमा हेर्न रुचाउने युवा दर्शक आए, समीर भट्टका कारण । जसका कारण सिनेमाको आक्रामक व्यापार सफल भयो । यसरी यो सिनेमा हेर्ने बिराजका फ्यान आफ्ना बुवाआमासहित छोरोछोरी लिएर आउँदा तीन पुस्ताले एकैपटक एउटै सिनेमा हेरे ।

विराज र समीर हलहलमा पुग्दा समीरलाई दर्शकले साउथका सिनेमाको लेवलमा एक्सन गरेको प्रतिक्रिया दिइरहेका छन् । साउन सिनेमाको तृष्णा मेटाउने हिरोको प्रवेश भएको बताएका छन् । समीरलाई दर्शकले मात्र होइन मिडियाले पनि एक्सन, डान्स, लुक्स, डाइलग र अभिनयको फूल प्याकेज हिरो भनेर भनिरहेका छन् ।

‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्नेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् ।

तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।