‘बमकाजी’ सुटिंङ्गका लागी युनिट उड्यो मनास्लु |

‘बमकाजी’ सुटिंङ्गका लागी युनिट उड्यो मनास्लु |

द सिनेमा टाइम्स
0
Shares

 फिल्म ‘बमकाजी’को छायाँकनका लागि अभिनेता सौगात मल्ल, ‘वीर विक्रम’ डेव्यु नायिका दिया पुन र कलाकार बुद्धि तामाङ ‘हैट’ सहित ६ जनाको टोली गोर्खा जिल्लाको सामागाउँस्थित मनास्लु वेस क्पाम्प तर्फ लागेको छ । युनिटले हेलिकप्टर रिजर्भ गरेर सौगातको टोली सोमबार ३ बजे त्यसतर्फ उडेको हो । सोमबार फिल्मको टिमले सौगात लगायत टोलीलाई खादा लगाएर बिदाई गरेको थियो ।
bamkaaji

‘बमकाजी’ को छायाँकन सुरु हुने केही दिन अगाडी नै उनीहरु मनास्लु उडेका हुन्, स्थानिय रहनसहन र संस्कृतिलाई नजिकबाट नियाल्नु पर्ने भएकाले कलाकारको टोली पहिले नै त्यस तर्फ लागेको निर्देशक खिलबहादुर गुरुङले बताए । छायाँकन भने मंसिर २५ गतेदेखि सुरु हुनेछ । फिल्ममा परिच्छेद सेनको कथा र साम्तेन भुटियाको पटकथा तथा संवाद रहेको छ ।सौगातले फिल्ममा ‘बम काजी’ शिर्ष भूमिकामा प्रस्तुत हुँदैछन्, झन्डै चार हजार फिट माथी रहेको मनास्लु वेस क्याम्पमा ‘बमकाजी’ को सम्पूर्ण छायाँकन गरिनेछ । फिल्ममा सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहने छ  । ‘बमकाजी’ लाई  सञ्जय लामाले खिच्नेछन् भने प्रोडक्सन डिजाईन बुद्धिलाल मगरले गर्दैछन् । फिल्मको छायाँकन सेडुल ४५ दिनको छ|

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।