anmol jasita

फ्राइडे रिलिजमा केकीको ‘बोक्सीको घर’, उच्च शोसहित आजबाट हलमा

फ्राइडे रिलिजमा केकीको ‘बोक्सीको घर’, उच्च शोसहित आजबाट हलमा

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो सिनेमा देशभरका हलमा प्रदर्शनमा आएको हो ।

सिनेमामा केकी अधिकारी, सुलक्षण भारती, स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा छन् । सुलक्षण भारतीले निर्देशन गरेको सिनेमामा लेखन पनि निर्देशक स्वयंको छ ।

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । अन्य हलले पनि उच्च शो दिएका छन् ।

प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेकोले दर्शकले पनि सिनेमा रुचाउने विश्वास गरिएको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमा वितरण गरेको छ ।