‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकास सपुत अनुबन्धित

‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकास सपुत अनुबन्धित

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता प्रकास सपुत सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको सिनेमामा उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन । सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको सिनेमाको लेखन तथा निर्देशक सरोज पौडेल हुन् ।

निर्माण पक्षले यसअघि सिनेमाको नाम र थिम पोस्टर सार्वजनिक गरेको थियो । जसमा सिनेमालाई अर्को वर्ष २०८२ भित्र विश्वबजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।

सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद तथा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।