‘बोक्सीको घर’को भव्य प्रिमियर, कस्ले के भने ?

‘बोक्सीको घर’को भव्य प्रिमियर, कस्ले के भने ?

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १४ गतते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘बोक्सीको घर’को बिहिबार साँझ राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाले महिलालाई कसरी बोक्सीको आरोप कसरी यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । सिनेमाको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको सिनेमा भएकाले पनि उनलाई साथ दिन अभिनेत्रीहरू हल पुगेका थिए ।

सिनेमा हेर्न पुगेकी अभिनय स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरेकी थिइन् । उनले सिनेमा हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् । निर्देशक तथा निर्माता अशोक शर्माले पनि सिनेमाले उठाएको कथावस्तुको प्रशंसा गरेका थिए । उनले यस्तो सिनेमालाई दर्शकको साथको आवश्यक रहेको बताए ।

अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटना मध्येको एउटा तितो यर्थाथलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर सिनेमा निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन् । यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट सिनेमा बनेको भन्दै सम्पुर्ण दर्शकलाई सिनेमा हेरेर साथ दिन आग्रह गरिन् ।

गायक तथा अभिनेता प्रकास सुपतले पनि सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । आफुले सिनेमा हेरेर नै सिनेमाको मर्म अनुसार नै गीत बनाउने अवसर दिएकोमा अभिनेत्री निर्मात्री केकी अधिकारीलाई धन्यवाद दिएका थिए । साथै, गीतलाई जुन हिसावमा दर्शकबाट साथ सहगोग मिलेको छ, त्यस्तै सहयोगको खाँचो सिनेमालाई पनि रहेकाले सिनेमा हेरे साथ दिन सम्पूर्ण दर्शकलाई आग्रह गरे ।

अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेको भन्दै यस्तो विषयवस्तुमा सिनेमा बनाउने हिम्मत गरेकोमा साथी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई बधाई दिइन् । साथै केकीले सिनेमाको पात्रको मनोदशा अनुसार उत्कृष्ट काम गरेको बताइन् । यस्तै सिनेमामा अभिनय गरेकी बालकलाकार सुपला सापकोटाको अभिनयको पनि तारिफ गरिन् ।

सिनेमाकी निर्मात्री तथा मुख्य अभिनेत्री केकी अधिकारीले शुक्रबारसम्म ‘बोक्सीको घर’ आफ्नो सिनेमा भएपनि त्यसपछि सम्पुर्ण दर्शकको सिनेमा भएकाले साथ र सहयोगको अपेक्षा रहेको बताइन् । आफुले निर्देशक सुलक्षण भारतीसँग मिलेरले समाजको कथा उठान गरेकाले सवैको साथ पाउनेमा आशावादी छु । प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको भन्दै दर्शकले पनि सिनेमा रुचाउने विश्वास व्यक्त गरिन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ । सिनेमाको बुधबारदेखि नै हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

तस्वीर : सुरज धामी