‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमला अनुबन्धित

‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमला अनुबन्धित

द सिनेमा टाइम्स
371
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित पत्रकार ऋषि धमला सिनेमामा अभिनय गर्ने भएका छन् । उनले बिहीबार निगम श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘भाईरल गोर्खे’ साइन गरेका हुन् । सिनेमामा धमलाले पत्रकारकै भुमिकामा अभिनय गर्न लागेको निर्माण टिमले जानकारी दिएको छ ।

एकदमै व्यस्त समयका बावजुद पनि उनी सिनेमामा काम गर्न तयार भएका हुन् । आफुलाई सिनेमाको भुमिका मन परेकाले काम गर्न तयार भएको जानकारी दिएका छन् । अर्को हप्ताबाट उनले सिनेमाको छायांकन सुरु गर्नेछन् । अहिले सिनेमाको लम्जुङको भुजुङ गाउँमा धमाधम छायांकन भैरहेको छ ।

निर्देशक निगम श्रेष्ठले सिनेमाको कथा लेख्दा नै पत्रकार ऋषि धमलालाई हेरेर लेखेको बताए । उहाँले व्यस्त समयका बीच पनि आफ्नो सिनेमालाई समय दिनु भएकोमा उहाँप्रति आभारी छौं । उहाँसँगको सहकार्य अविस्मरणिय हुने विश्वास निर्देशक श्रेष्ठलाई छ ।

सिनेमामा ऋषि धमलाका अलवा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् । सिनेमा कमेडी जनरामा निर्माण हुनेछ । सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने सिनेमालाई अमर महर्जनले खिच्ने छन् । सिनेमामा बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ । सिनेमाको छायांकन लम्जुङ, गोरखा र चितवनमा हुनेछ ।