जात्राले मनायो प्रर्दशनको ५१ दिन, बक्स अफिसमा तीन करोड कलेक्सन

जात्राले मनायो प्रर्दशनको ५१ दिन, बक्स अफिसमा तीन करोड कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

दर्शक तथा समिक्षकबाट निकै राम्रो तारिफ र रेटिंग पाउन सफल फिल्म ‘जात्रा’ ले प्रदर्शनको ५१ दिन मनाएको छ । राजधानीको क्युएफएक्स कुमारी र गुण सिनेमामा जात्राले ५१ दिन पुरा गर्यो, यसै अवसरमा फिल्म युनिटले शनिबार कुमारीमा ५१ दिन केक काट्दै सेलिब्रेट गर्यो ।

उक्त कार्यक्रममा निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बाँनिया, विपिन कार्की, बर्षा राउत, निर्माता सिङ्गे लामा, छायाँकार दिर्घ गुरुङ लगायत ‘जात्रा’ टिम तथा प्राविधिकले  केक काटी खुसीयाली साटे ।

कात्तिक २६ गते बाट रिलिजमा आएको  सस्पेन्स, कमेडी तथा सामाजिक कथा पेश गर्छ । फिल्ममा विपिन, रबिन्द्र र वर्षा संगै रविन्द्र झा, कमलमणि नेपाल, प्रियंका झा लगायतको अभिनय छ। ‘जात्रा’ ले प्रदर्शनको ५१ दिन सम्म आईपुग्दा झन्डै तीन करोडको बक्स अफिस कलेक्सन गरिसकेको जानकारीमा आएको छ ।