anmol jasita

‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला

‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको प्रचार सामाग्री पोस्टर, टिजर, ट्रेलर तथा गीतले दर्शकमाझ पाएको हाइपको आधारमा सिनेमाले राम्रो शो पाएको छ ।

नेपालमा सञ्चालित सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौंमा मात्रै सिनेमालाई २४ शो दिँदा मोफसलमा ३२ शो दिएको छ । यो हप्ता कुनै ठुला बलिउड र हलिउडका सिनेमा रिलिज नहुनुको फाइदा बोक्सीको घरलाई मिलेको छ । जुन कुरा सिनेमा घरले बोक्सीको घरलाई छुट्याएको शोले प्रमाणित गर्छ ।

यस्तै, यो सिनेमालाई नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स आईएनआई सिनेमाज्ले आफ्ना तीन वटा चेनमा १८ शो, बिग मुभिजले ५ शो, एफक्युबले ७ शो, वान सिनेमाज् कालिमाटीले ५ शो दिएका छन्, भने अन्य मल्टिप्लेक्सहरु अग्रीम टिकट बुकिङ खोल्ने तयारीमा रहेछन् । भोलीसम्ममा सिनेमाले कति शो पाउने छ भन्ने टुङ्गो लाग्ने छ ।

सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।