कामना फिल्म अवार्ड मा ‘पशुपति प्रसाद’उत्कृष्ट’

कामना फिल्म अवार्ड मा ‘पशुपति प्रसाद’उत्कृष्ट’

द सिनेमा टाइम्स
0
Shares

‘दोश्रो कामना फिल्म अवार्ड’  सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार सम्पन्न भयो |अवार्डमा प्राविधिक प्रदिप उपाध्याय र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाईम अचिभ्मेन्ट अवार्ड दिइयो भने जुरी अवार्ड तर्फ ‘वडा नं ६’ बाट निर्देशक उज्ज्वल घिमिरे र फिल्म ‘कबड्डी कबड्डी’ बाट रामबाबु गुरुङलाई प्रदान गरियो । क्रिटिक्स अवार्डतर्फ संगीत विधाबाट गायक राजेशपायल राइले, थिएटर विधाबाट सरिता गिरी र विधाबाट प्रशान्त ताम्राकारलाई प्रदान गरियो ।

samragyee

भुवन केसी निर्देशित ‘ड्रिम्स’ ले नव निर्देशक सहित नव नायिका, छायाँकार, नृत्य निर्देशक र व्याग्राउण्ड स्कोरको अवार्ड पाउँदा  सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेम गीत’ ले उत्कृष्ट संगीतकार सहित गायक, गायिका, शब्द रचना र सह अभिनेताको अवार्ड पाएको छ ।

यस्तै । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद’ ले फिल्म, निर्देशक, पटकथा र खलपात्र गरी चार विधामा अवार्ड हाँसिल गर्दा दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ ले नायिका, सम्पादक, सह नायिका र ध्वनी मिश्रण गरी चार विधामा अवार्ड पाएको छ ।

दोश्रो कामना फिल्म अवार्ड’ मा विजयी हुनेहरुको सूची यस प्रकार छ :

उत्कृष्ट श्रृङ्गार : निमा लामा, ‘ड्रिम्स’
उत्कृष्ट साउण्ड डिजाइन : अनिश श्रेष्ठ, ‘क्लासिक’
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज ‘ड्रिम्स’
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा, पुरुषोत्तम प्रधान, ‘ड्रिम्स’
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल, ‘क्लासिक’
उत्कृष्ट द्वन्द्व : हिमाल केसी, भैरव
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ, ‘ड्रिम्स’
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल, ‘पशुपति प्रसाद’
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने, ‘पशुपति प्रसाद’
उत्कृष्ट संवाद : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
उत्कृष्ट नव नायिका अभिनेत्री : साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’
उत्कृष्ट नव नायक : पल शाह, ‘नाईं नभन्नू ल ४’
उत्कृष्ट पाश्र्व गायिका : अन्जु पन्त, प्रेम गीत’ ‘म त अलपत्र’
उत्कृष्ट पाश्र्य गायक : सुगम पोखरेल, ‘प्रेमगित’
उत्कृष्ट हाँस्य कलाकार : विल्सन बिक्रम राई, ‘अधकट्टी’
उत्कृष्ट खलपात्र : विपिन कार्की, पशुपतिप्रसाद
उत्कृष्ट बाल कलाकार : कन्चन ठकुरी, ‘बागमती’
उत्कृष्ट नव निर्देशक : भुवन केसि, ‘ड्रिम्स’
उत्कृष्ट लिरिक्स : डा. कृष्णहरि बराल, ‘प्रेम गीत’
उत्कृष्ट संगित : अर्जुन पोखरेल, ‘प्रेम गीत’
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की, ‘क्लासिक’
उत्कृष्ट सह अभिनेता : सरोज खनाल, ‘प्रेम गीत’
उत्कृष्ट अभिनेता : सौगात मल्ल, ‘फन्को’
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ, क्लासिक
उत्कृष्ट निर्देशक : दिपेन्द्र के खनाल, ‘पशुपति प्रसाद’
उत्कृष्ट फिल्म  : ‘पशुपति प्रसाद’