नम्रता र कोशिशलाई लिएर ‘पर्व’ निर्माण घोषणा,

नम्रता र कोशिशलाई लिएर ‘पर्व’ निर्माण घोषणा,

द सिनेमा टाइम्स
0
Shares

parva movie announcement

टिभी फिल्मी र सुबास ईन्टरटेन्मेण्टले संयुक्त रुपमा फिल्म पर्वको निर्माण घोषणा गरेको छ । घोषणा संगै फिल्म पर्वको टाइँटल पोष्टर समेत सार्वजनिकगरिएको छ । पर्वलाई दिनेश राउतले निर्देशन गर्दैछन् जसमा एउटा पर्वमा घटेको घटनापछि एक पात्रले गर्ने क्रियाकलापलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिने छ ।

आगामी चैत्र २५ गते रिलिज लक्ष्य राखिएको फिल्ममा नम्रता श्रेष्ठ र कोशिश क्षेत्री लिड रोलमा रहने छन्। फिल्ममा अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतको समेत अभिनय रहनेछ । सुबास गिरी र निकिता पौडेलको लगानी फिल्ममा रहेne फिल्ममा कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

parva nepali movie

विकास सुवेदी एसोसियट निर्देशक रहने फिल्ममा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर दिनेछन् । बिष्णु सुबेदी फिल्मको लाइन प्रोड्युसर हुन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।