पलाँसको ‘हेल्प लिन सक्छौ मबाट’ रिलिज: उत्कृष्ट कभर गाउनेलाई एक लाख पुरस्कार

पलाँसको ‘हेल्प लिन सक्छौ मबाट’ रिलिज: उत्कृष्ट कभर गाउनेलाई एक लाख पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

‘पलाँस’ले लिरिकल भिडियो रिलिज गरेको छ। फिल्मको ‘हेल्प लिन सक्छौ मबाट’ बोलको गीत रिलिज भएको हो। अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा सुगम पोखरेलको स्वर रहेको छ।कृषा चालागाई निर्मित फिल्ले गीतसँगै गीतको उत्कृष्ट कभर गाउनेलाई नगद एक लाख पुरस्कार दिने घोषणा पनि गरेको छ। यसैविच, फिल्मको ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतको ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ। फाल्गुण ९ गतेबाट चैत्र १५ गतेसम्म यो गीतको कभर गीत गाएर पठाउन सकिनेछ। गीत गाएको अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न सकिनेछ।फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्नेछन्।

प्राप्त कभर गीतमध्ये उत्कृष्ट ५ को चयन गरिनेछ। यसपछि, ‘पलाँस’को टिमले विजेताको घोषणा गर्नेछ। विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले जनाएको छ।यस्तै, ५ उत्कृष्ट कभर गीत गाउने प्रतियोगीले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। लाइक र शेयर बढाउनका लागि फेसबुकमा वुष्ट गर्नेलाई असक्षम घोषणा गर्न समेत सकिने,शर्त राखिएको छ।सुवास कोइरालाको निर्देशनमा तयार भएको यो फिल्ममा नायिका रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ। रेखाको भूमिकालाई अहिलेसम्म निर्माणपक्षले गोप्य राखेको छ। निर्मात्री चौलागाइका अनुसार, ट्रेलर सार्वजनिकसँगै रेखाको भूमिका खुल्नेछ। चैत्र १८ गतेबाट पलाँस  रिलिज हुनेछ ।