Pokhara IMFF: पौष ६ देखि ८ मा ‘दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्बतिय फिल्म महोत्सव’

Pokhara IMFF: पौष ६ देखि ८ मा ‘दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्बतिय फिल्म महोत्सव’

द सिनेमा टाइम्स
0
Shares

आगामी पौष ६ गते देखि ८ गते सम्म पोखरामा दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्बतिय फिल्म महोत्सवको आयोजना हुने भएको छ । महोत्सवको तयारी पनि पुरा भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

महोत्सवमा २२ देशका ५२ फिल्म प्रदर्शन गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । महोत्सव अबधिभर पोखराका बाराही चोक , रामबजार लगाएतका स्थानमा चलचित्रहरुको खुल्ला प्रदर्शन समेत गरिने महोत्सब संयोजक सरोज सापकोटाले जानकारी दिएका छन्  ।

हिमाली क्षेत्र आसपासका संस्कृति ,आदिवासी जनजातिको परम्परा खेलकुद , पर्याबरण लगाएतका बिषय बस्तुमा केन्द्रीत रहि बनेका चलचित्रहरु प्रदर्शनमा रहने छन् । प्रतियोगीतात्मक नरहने महोत्सवमा नेपालका अ सङ फर बारपाक , मेला, मिरर, द क्युरिसियस केस अफ मिष्टर भिम थापा छ ।

pokhara international mountain film festival

त्यस्तै भारतका माइ डियर पोष्ट म्यान ,द लास्ट बीस , सेभिङ द वाइल्ड , इरानका ब्लु आइड ब्वाइ ,स्विछ म्यान,फ्यान , अमेरिकाको फ्वरिङ बोण्ड , गार्डेन अफ द फरेष्ट,ह्यङ्गिङ संगै श्रीलंका, लेबनान, स्पेन, बेलायत ,साइप्रस, रसिया,अर्जेन्टिना,ब्राजिल,चीन,पाकिस्तान लगाएतका देशका फिल्महरु प्रदर्शन हुनेछन् ।

पोखराको सभागृहमा आयोजना हुने महोत्सवलाई पोखरा फिल्म सोसाइटीको आयोजनामा हुदैछ । आगामी बर्षहरुमा समेत यो महोत्सबलाई निरन्तरता दीईने पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले बताए ।

Watch 2nd Pokhara International Mountain Film Festival’s Official Trailer: