RIP: हास्यकलाकार आरपी भट्टराई को आकस्मिक निधन |

RIP: हास्यकलाकार आरपी भट्टराई को आकस्मिक निधन |

द सिनेमा टाइम्स
0
Shares

‘ रादाराम’ नामले समेत चर्चित हाँस्यकलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । दीपकराज गिरीले दिएको जानकारी अनुसार विराटनगरस्थित आफन्तको घरमा उनको आकस्मिक निधन भएको हो ।उनका अनुसार राती सुतेका आरपी बिहान अबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको हो । लामो समय सम्म हास्य कलाकारितामा सक्रिय उनको घर पनि बिराटनगरमै हो, हाल उनि काठमाडौँ बस्दै आएका थिए ।टिभी सिरियल तीतो सत्य मार्फत चर्चामा आएका थुप्रै गीत समेत गाएका छन् ।
रादारामले गरेको ‘तीतो सत्य’को अभिनय निकै हिट हो भने त्यसको अलवा पनि उनले केहि फिचर फिल्ममा समेत काम गरिसकेका छन् । मोटो शरिरका कारण सदैं चिन्तित देखिने उनि सुगरको रोगका कारण अस्वस्थ समेत रहेको बताईन्छ । ४२ बर्षका आरपीको परिवारमा श्रीमती र २ छोरा रहेका छन् ।