‘ब्ल्याक डायरी’ बैशाख २२ मा

‘ब्ल्याक डायरी’ बैशाख २२ मा

द सिनेमा टाइम्स
0
Shares

क्याट भिजन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण गरीएको चलचित्र ब्ल्याक डायरी यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । खासगरी अहिलेको पुस्तासमेतलाई लक्षीत गरी निर्माण गरिएको  कुरा चलचित्रका निर्माता अनोज अधिकारीले बताए ।
चलचित्रका निर्देशक सुजन घिमिरे हुन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् । ब्ल्याक डायरीमा रमेश सिंह ठकुरी र पुजा भट्ट नवकलाकारको रुपमा छन् भने चलचित्रमा भुवन केसी, शुभेच्छा थापा, बालदीप राई, पवन कार्की, निकिता शाही, आदीको अभिनय रहेको छ । शेर बहादुर लामाको छायांकन रहेको ब्ल्याक डायरीमा राजु शाहको नृत्य निर्देशन एवं शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।