प्रियंका सुपरस्टार हो, एक सिननै काफि छ – मिलन चाम्स

प्रियंका सुपरस्टार हो, एक सिननै काफि छ – मिलन चाम्स

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – प्रदिप खड्का, प्रियंका कार्की र जसिता गुरुङको मुख्य भूमिका रहेको सिनेमा ‘लिलिबिली’ प्रतिक्षित छ ।

यी तिन कलाकार मुख्य भएपनि सिनेमाका सार्वजनिक प्रचार सामाग्रीमा प्रदीप र जसितालाई नै हाइलाइट गरिएको छ । केहि दिन अगाडी सार्वजनिक गरिएको ट्रेलरमा पनि प्रियंकालाई केहि सेकेन्ड मात्र राखिएको छ । त्यसले कतै प्रियंका र निर्देशक मिलन चाम्स बीच केहि खटपट भएको त होइन भन्ने अड्कलबाजी काटीए ।

तर, प्रियंका र चाम्सले यसबारे कुनै खटपट नरहेको पुष्टि गरेका छन् । सिनेमाको तेस्रो गीत रिलिज कार्यक्रममा प्रियंकालाई थोरै मात्र स्थान दिदा कतै तपाई टिमसँग रुष्ट हुनुहुन्छ भन्ने हल्ला छ ? भनि प्रश्न सोधियो ।

प्रियंकाले एकै वाक्यमा जवाफ दिईन ‘खोई मैले त भनेको छैन !’

प्रियंकाको कुरा सकिन नपाउदै निर्देशक चाम्सले यसको जवाफ म दिन्छु भन्दै मिडियाको ध्यान आफुतिर खिचे, र भने ‘प्रियंका आफै सुपरस्टार हो । सुपरस्टारको लागि एकै सिन काफि छ ।’ प्रियंकाले पनि टाउको हल्लाउदै चाम्सको कुरामा सहमति जनाईन ।

‘लिलिबिली’मा प्रियंका र प्रदीपसँगै जसिता गुरुङ, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ । सिनेमा चैत ३० गते अलनेपाल प्रदर्शन हुदैछ ।

तस्विर: कुशल राई