मल्टीस्टारर ‘चङ्गा चेट’ छायाँकन सुरु, यी हुन् कलाकार

मल्टीस्टारर ‘चङ्गा चेट’ छायाँकन सुरु, यी हुन् कलाकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनालले निर्देशन गर्ने सिनेमा ‘चङ्गा चेट’को छायाँकन सुरु भएको छ । मंगलबार राजधानीको चाहविलस्थित गणेस्थान मन्दिरमा पूजाआजा गरि सिनेमाको १ महिने छायाँकन शुभारम्भ गरियो ।

काठमाडौँ, धरान र जनकपुरमा छायाँकन हुने सिनेमालाई निरक कडेलले खिच्नेछन् । सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाह लगायतका कलाकारको अभिनय रहनेछ ।

सिनेमाको शुभमुर्हतमा कलाकारद्वय प्रियंका, आयुष्मान, सुरक्षा, माओत्से, रविन्द्र, सन्दिपसँगै निर्देशक खनाल र टिमको उपस्थिति थियो । डार्क कमेडी जानरामा निर्माण हुने ‘चङ्गा चेट’लाई निर्माता माधव वाग्लेले निर्माण गर्दैछन् ।

सिनेमामा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल/राजनराज सिवाकोटीको संगीत र प्रिन्सेस मुभिजको प्रस्तुति रहनेछ ।