अपहरण शैलीमा हिरासतमा लिई, ११ लाख तिराइयो – सुवास गिरी

अपहरण शैलीमा हिरासतमा लिई, ११ लाख तिराइयो – सुवास गिरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कृ’ सिनेमामा समावेश गीत ‘उकालीमा अघि अघि…’ रिलिज भएलगतै विवादमा तानियो । ‘सम्झना’ सिनेमामा समावेश गीतको रिमेक भनि युट्युबमा अपलोड गरिएको गीतको विरुद्द ‘सम्झना’ निर्देशक शम्भू प्रधानले उजुरी नै दिए ।

उनले अनुमतिबिना गीत प्रयोग गरिएको भनि महानगरीय प्रहरी परिसर टेकुमा ‘कृ’ निर्माता मध्येका एक भुवन केसी विरुद्द उजुरी दिएका थिए । तर, विकास बोर्डमा निर्माता सुवास गिरीको नाममा ‘कृ’ दर्ता गरिएको पाइएपछी, मंगलबार उनलाई सोधपुछका लागि प्रहरीले बोलाएर हिरासतमा राखेको थियो । पछी प्रधानसँगको आपसी छलफलमा ११ लाख रुपैयाँ क्षतिपूर्तिसहित कुरा मिलाइएको थियो ।

यस विषयमा निर्माता गिरीले फेसबुकमा स्टाटस लेख्दै दुखेसो पोखेका छन् । उनि लेख्छन ‘मलाई हिजो छलफलको लागि आउनु भनेर जुन अपहरन शैलिमा हिरासत मा राखी मनोमनी तरिकाले गीत चो रिएको आरोपमा क्षतिपुर्ती स्वरुप ११ लाख तिराइयो यो घटनाले मलाई एक्दमै दुखित बनाएको छ ।’

विवाद लम्बिदै: बुधबार दुवै पक्षबीचको छलफलमा सुवासले शम्भुलाई ११ लाख रुपैयाँ दिने र यूट्यूवबाट गीत हटाउने सहमति भयो । त्यसमा दुवैले हस्ताक्षर पनि गरिसकेका थिए ।

तर जब पैसा तिर्ने कुरा आयो, शम्भुले आफ्नो फिल्म कम्पनीको नामबाट जाहेरी दिएकाले कम्पनीकै नाममा चेक काट्नु पर्ने कुरा उठ्यो । तर ,शम्भुले मानेनन् । कम्पनीका कागजातहरु दार्जिलिङमा रहेको र ल्याउन १५ दिन लाग्ने भन्दै उनले आफ्नै व्यक्तिगत नाममा चेक काट्नुपर्ने अडान लिए ।

तर, व्यक्तिगत नाममा चेक काट्दा १५ प्रतिशत टिडीएस काटेर दिने कुरा उठ्यो । त्यसमा पनि प्रधान सहमत भएनन् । त्यसपछि उनी सन्किँदै हिँडे ।

हुनत प्रधानले यो कदम पैसाका लागि नभएर आफ्नो सिनेमाको कृति अनुमतिबिना जथाभावी ढंगले प्रस्तुत गरिएकोले उठाएको बताउदै आएका छन् । तर, उनको पछिल्लो गतिबिधिले उनि पैसाकै लागि यो सब गरिरहेका त छैनन् ? भन्ने प्रश्न उब्जिएको छ ।

सुवास गिरीले लेखेको पुरा स्टाटस यस्तो छ ।

म सुबास गिरि, नेपाली फिल्म निर्माण गर्दै आइरहेको निर्माता, मैले कहिले पनि नेपाली फिल्मसँग आबद्द हुनु भएका अग्र्ज निर्माताहरु, सम्कालीन निर्माता हरु, कलाकारहरु, प्रबिधिक हरु र पत्रकार साथीहरुलाई सदैब माया र सम्मन गर्दै आइरहेको छु । तर मलाई हिजो छलफलको लागि आउनु भनेर जुन अपहरन शैलिमा हिरासत मा राखी मनोमनी तरिकाले गीत चो रिएको आरोपमा क्षतिपुर्ती स्वरुप ११ लाख तिराइयो यो घटनाले मलाई एक्दमै दुखित बनाएको छ । संगीतकार ले गरेको गल्तिमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदा हुँदै पनि अग्र्ज दाई हरु बात यस्तो ब्यवहाँर के उचित हो ? अग्र्ज हरुको यस्तो ब्यवहाँर बात चलचित्र क्षेत्रमा आउने नयाँ निर्मता तथा कलाकार हरुले के पाठ सिक्न्ने ? अब सबैले सोचने बेला आएको छ । 
यो घटनामा प्रतक्ष वा अप्रत्यक्ष रुपमा साथ दिनु हुने सबै प्रती आभार तथा धन्यवाद ब्यक्त गर्द्छु ।

११ लाख क्षतिपूर्तिसँगै ‘कृ’ विवाद मिल्यो