आकाशको ‘ड्रिम गर्ल’ असारमा

आकाशको ‘ड्रिम गर्ल’ असारमा

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – आकाश श्रेष्ठ अभिनित सिनेमा ‘ड्रिम गर्ल’ आगामी असार २९ गते प्रदर्शनमा आउने भएको छ ।

डिसीएनले वितरण गर्ने गरि सिनेमाको रिलिज मिति तय गरिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए । साथै, केहि दिनमै सिनेमाको पहिलो गीत पनि सार्वजनिक गरिने निर्देशकले बताए ।

काठमाडौँ, मुस्ताङ, राराताल र थाइल्याण्डमा छायाँकन गरिएको सिनेमामा आकाशका अलावा आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय छ ।

झन्डै २ करोड बजेटमा निर्माण भएको सिनेमामा निर्देशककै लगानी छ । उनलाई लगानीमा अर्जुन शर्मा, दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घितालले सघाएका छन् ।

आरबी मुभिजको ब्यानरमा बनेको प्रेमकथानक सिनेमामा अर्जुन पोखरेलको संगीत, राहुल राईको छायाँकन, नविन निरौलाको सम्पादन रहेको छ ।