फान अवार्ड: निरलाई लाइफटाइम, प्रदीप र साम्राज्ञी पपुलर स्टार

फान अवार्ड: निरलाई लाइफटाइम, प्रदीप र साम्राज्ञी पपुलर स्टार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दोस्रो फान अवार्डमा वरिष्ट अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट  अवार्ड २०७३ बाट समान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १ लाख ११ हजार, ताम्रपत्रसहित दोसल्ला ओढाएर शाहलाई सम्मान गरे । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अवार्डमा प्रमुख अतिथिको रुपमा निम्त्याएको थियो । अतिथि स्वरूप प्रतिनिधिसभा सदस्य एमालेका सुवासचन्द्र नेम्वाङ पनि उपस्थित थिए ।

त्यस्तै अवार्डमा पपुलर स्टार अफ द इयरबाट  प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरियो । यी दुई कलाकारलाई पनि प्रधानमन्त्री ओलीले ताम्रपत्रसहित सम्मान गरे ।

अहिले अवार्ड राजधानीको आर्मी अफिसर्स क्लबमा भैरहेको छ । अवार्डमा सिनेमा क्षेत्रका चर्चित र विशिष्ट व्यक्तित्वहरुको उपस्थिति छ ।

तस्विर: निरज पन्थी