फान अवार्ड: विपिन, सिर्जना, हेमराज र ‘छक्का पन्जा’ उत्कृष्ट

फान अवार्ड: विपिन, सिर्जना, हेमराज र ‘छक्का पन्जा’ उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको दोस्रो फान अवार्डमा ‘जात्रा’बाट अभिनेता विपिन कार्की उत्कृष्ट ठहरिएका छन् । अभिनेत्रीको अवार्ड भने ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बाले जितेकी छन् ।

त्यस्तै ‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट कथाको अवार्ड पनि उचाल्दा ‘छक्का पन्जा’ले उत्कृष्ट सिनेमाको अवार्ड आफ्नो पक्षमा पार्यो । निर्देशक तर्फको अवार्ड भने ‘गाजलु’बाट हेमराज बिसीको पोल्टामा पर्यो । नवनिर्देशकको अवार्ड दीपाश्री निरौलाले ‘छक्का पन्जा’बाट उचालिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा वरिष्ट अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । त्यस्तै पपुलर अवार्ड प्रदीप खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई प्रदान गरियो ।

समारोहमा सिनेपत्रकार लक्ष्मण सुवेदी र धुर्व लम्साललाई पत्रकारिता विशेष सम्मान गरियो । सुवेदी नयाँ पत्रिका दैनिक र लम्साल राजधानी दैनिकमा कार्यरत छन् ।

फान अवार्ड: निरलाई लाइफटाइम, प्रदीप र साम्राज्ञी पपुलर स्टार

नेपाल ‘ह्यान्डसम र ‘ब्युटिफुल’को देश – केपी ओली

हेर्नुस् विजेताहरुको सुची:

उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गेरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा

तस्विर: आर्यन बिमली