कान्छा निर्देशकको ‘हैरान’ पोस्टर रिलिज

कान्छा निर्देशकको ‘हैरान’ पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको सिनेमा ‘हैरान’को पोस्टर सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित पोस्टर रिलिज प्रेसमिटमा बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ पत्नी यशोदा सुवेदीको निधनप्रति शोक व्यक्त गरियो । सार्वजनिक पोष्टरमा सिनेमाको सम्पूर्ण पात्रको लुक्स र कथाको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र सिनेमा टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए ।

डेब्यु सिनेमाबाट कान्छा निर्देशकको नाममा विश्व रेकर्ड बनाएका सौगातले अघिल्लो सिनेमा ‘लभ यु बाबा’ भन्दा ‘हैरान’ भिन्न रहेको बताए । ‘पहिलो सिनेमा फ्यामिली ड्रामा बनाएको थिए भने यसपटक सस्पेन्स , थ्रिलर बनाउने कोसिस गरेको छु । मलाई टेक्निकल निर्देशकको रुपमा अंकल गम्भीरले सहयोग गर्नु भएको छ । सिनेमाको कथामा सुहाउदो पात्र छनोट गरेका छौ । सार्वजनिक पोस्टर हेरेर प्रतिक्रिया दिनु होला’ सौगातले भने ।

अघिल्लो सिनेमामा बाबु(छोरीको कथा पस्केका निर्देशक विष्टले ‘हैरान’ सामाजिक विषयबस्तुलाई समेटेको बताएका छन् । डान्स फेभरको ब्यानरमा निर्मित सिनेमामा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

सिनेमामा सरोज खनाल, सत्यराज आचार्य, बुद्दी तामाङ, वसिम राजा, गजित बिष्ट, सागर लम्साल ९बले०, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा कथा तथा कोरियोग्राफी गम्भीर विष्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । सिनेमामा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

सिनेमा जेठ ४ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।