एजुकेशन एण्ड माइग्रेसन कर्नरको एम्बेस्डरमा साम्राज्ञी नियुक्त

एजुकेशन एण्ड माइग्रेसन कर्नरको एम्बेस्डरमा साम्राज्ञी नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेकी सर्वाधिक लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छन् ।

अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको संस्थाले साम्राज्ञीको लोकप्रियतालाई मध्येनजर गर्दै आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो । नियुक्ति पछी विशिष्ट पहिचान बनाउन सफल संस्थासँग जोडिन पाउँदा साम्राज्ञीले खुसि व्यक्त गरिन् । अब साम्राज्ञी १ वर्षसम्मको लागि यो संस्थाको कार्यक्रमहरुमा सहभागी हुनेछिन ।

‘साम्राज्ञी जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाउँदा हामि गौरवान्वित छौ’ एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले भने । यो संस्था राजधानीको पुतलीसडकसँगै देशका ठुला शहरहरुमा पनि बिस्तार भएको छ ।

डेब्यु सिनेमा ‘ड्रिम्स’बाटै नोटिस भएकी साम्राज्ञीको यो वर्ष रिलिज ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । यसै साता साम्राज्ञी अभिनित ‘तिमि सँग’ प्रदर्शनमा आउँदै छ ।