प्रिमियरमा ‘तिमि सँग’लाई सकारात्मक प्रतिक्रिया

प्रिमियरमा ‘तिमि सँग’लाई सकारात्मक प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २३ गते रिलिज हुने सिनेमा ‘तिमि सँग’को बुधबार प्रिमियर सम्पन्न भएको छ । सिनेमाका लिड कलाकार आकाश श्रेष्ठ ‘रामकहानी’ छायाँकनले उपस्थित हुन् नसक्दा साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेन प्रिमियरको केन्द्रबिन्दुमा रहे ।

दिउँसोदेखि परेको पानिले प्रभावित प्रिमियरका सिनेमा क्षेत्रका केहि चर्चित अनुहार र मिडियाकर्मीको उपस्थिति थियो । प्रिमियर पश्चात सबैबाट ‘तिमि सँग’ले सकारात्मक प्रतिक्रिया बटुल्यो ।

प्रिमियरबाट पाएको प्रतिक्रियाले साम्राज्ञी र नाजिर खुसि देखिन्थ्ये । लामो समयको मिहेनतलाई उपस्थित सबैले रुचाईदिदा मनमा खुसि पैदा भएको साम्राज्ञी र नाजिरले मिडिया खुसि साटे । साथै, आकाशलाई दुवैले एकदमै मिस गरेको पनि बताए ।

शिशिर राणा निर्देशित सिनेमाको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । ‘तिमि सँग’मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।