प्रधानमन्त्रीसँगै राजेश हमाल राजकीय भ्रमणमा

प्रधानमन्त्रीसँगै राजेश हमाल राजकीय भ्रमणमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको तिन दिने राजकीय भारत भ्रमणमा महानायक राजेश हमालसँगै आवाजको दुनियाको साथी दिनेश डिसी पनि सहभागी भएका छन् ।

फान अवार्डमा प्रमुख अतिथिस्वरूप उपस्थित हुने क्रममा प्रधानमन्त्री ओलीले यसपटकको भारत भ्रमणमा नेपाली कलाकारलाई पनि लैजाने घोषणा गरेका थिए । त्यसैको भोलिपल्ट राजधानीमा कलाकारका लागि दिवा भोजको आयोजना गरेका ओलीले भारत भ्रमणमा यसपटक बलिउड र नेपाली सिनेमा जोड्ने बताएका थिए ।

त्यहिँ घोषणा अनुरुप शुक्रबार प्रधानमन्त्रीको ५४ प्रतिनिधिमण्डलसँगै राजेश हमाल र दिनेश डिसी भारत प्रस्थान गरेका हुन् । भारतमा नेपाली टोलिलाई स्वागत गर्न गृहमन्त्री राजनाथ सिंह विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीसहितको टोलि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु पुर्वनै भारतीय गृहमन्त्रीको टोलि स्वागतका लागि पुगिसकेको थियो ।

तिन दिने भ्रमणका क्रममा ओलीले नेपाली कलाकारसँगै बलिउड चर्चित कलाकारसँगै डिनर गर्ने बताइएको छ ।